गण्डकीका फेन्सिङ खेलाडीलाई विदाई

पाेखरा | असार ३, २०८१

गण्डकीका फेन्सिङ खेलाडीलाई विदाई

पोखरा:   राष्ट्रिय खेलकुद परिषद्का वोर्ड सदस्य सदस्य राजेश गुरुङले छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा भाग लिन जान लागेको गण्डकी प्रदेशको टिमलाई आइतबार विहान पोखरा रंगशालाबाट शुभकामना दिदैं विदाई गरेका छन् ।

 

उनले खेलाडिहरुलाई स्वर्ण पदक ल्याउन कोशिष गर्न आग्रह गर्दै अनुशासनलाई पहिलो प्राथमिकता दिदैं हौसला स्वरुम प्रतियोगिताबाट घर फर्किने समयमा मनकामना मन्दिर दर्शनको लागि केबलकारको टिकट आफुले उपलब्ध गराउने बताए ।

 

यही असार ३ गतेदेखि ५ गतेसम्म काठमाडौंको त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने उक्त प्रतियोतिमा गण्डकी प्रदेशसहित कोशी, वाग्मती, सुदुरपश्चिम गरी ४ प्रदेश र नेपाल आर्मी र सशस्त्र प्रहरीको विभागिय टिम गरी जम्मा ६ समुहकाबीच प्रतिस्पर्धा हुने छ ।

 

महिला र पुरुष, सिंगल र समुहमा फोयल, स्यावल र एपे गरी ३ विधामा १२ स्वर्ण पदकको लागि हुने उक्त प्रतियोगितामा गण्डकी प्रदेशबाट १० महिला र १२ पुरुष खेलाडि सहभागि भएका मुख्य प्रशिक्षक सन्दिप वरालले वताए ।

 

खेलाडीको साथमा गण्डकी प्रदेश फेन्सिङ संघका अध्यक्ष विजय शाही र कार्यसमिति सदय शिव शर्मा तथा कास्की जिल्ला फेन्सिङ संघ अध्यक्ष अमृत पोखरेलको सहभागिता रहेको छ । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्